Nepali Unicode | Preeti to Unicode

माघ २१। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्ट्सले कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानविरुद्ध २–१ को जित हासिल गरेको हो ।
इन्टरको मैदानमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे । इन्टरका लागि लाउटरो मार्टिनेजले एक गोल गरे ।
खेलको नवौँ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । २६औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा युभेन्ट्सका लागि बराबरी गोल फर्काए । ३५औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को जित दिलाए । अब दुई टिमबीचको दोस्रो लेग यही १० फेब्रुअरीमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय