Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

माघ २१ । राष्ट्रपति कार्यालयले संवैधानिक आयोगहरूमा सिफारिस भएकाहरूको पद तथा गोपनीयताको शपथको तयारी गरेको छ । सरकारले गत मङ्सिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।
संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मङ्गलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ९ स् ३० बजे शपथको तयारी गरेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।
“अहिले बिहान ९ स् ३० बजे शपथको तयारी भइरहेको छ,” उनले भने ।
संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएकालाई शपथ गराउन नहुने केही कानुनविद्हरूको तर्क छ । संसद् नभएकाले परिषद्ले गरेको सिफारिस काम नलाग्ने भन्दै सभामुख अग्नि सापकोटाले फाइल नै फिर्ता पठाइदिएका थिए ।
तर, ४५ दिनभित्र सुनुवाइ हुन नसके राष्ट्रपतिले सीधै नियुक्त गर्न सक्ने वैधानिक व्यवस्था रहेकाले शपथ गराउन बाधा नरहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय