Nepali Unicode | Preeti to Unicode

माघ २०। इलाम, सिन्धुपाल्चोक, सर्लाही र झापामा चारजना मृत अवस्थामा फेला परेका छन् । इलामको सन्दकपुर गाउँपालिका–४, सोमबारे बस्ने ६४ वर्षीया चित्रमाया गुरुङ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३, एक्ले भीरमा त्रिपुरासुन्दरी–२, चोकटी बस्ने ७४ वर्षीय काशी थामी मृत अवस्थामा फेला परेका छन् ।
झापाको बिर्तामोड नगरपालिका–५, डेरा गरी बस्ने ५० वर्षीया हेमकुमारी चौहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।
सर्लाहीको कबिलासी नगरपालिका–६, मदनपुरस्थित बिर्ता पोखरीनजिकै खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय