
माघ २०। काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बस्ने विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली बस्ने ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जना छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४७ हजार ३०० रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।