
माघ १९ । नेपाली कांग्रेसका भातृसंस्थाहरुले संसद् विघटनविरुद्ध प्रदर्शन गरेका छन् । सोमबार कांग्रेसका १३ वटा भातृसंस्थाहरुले देशभर संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।
काठमाडौं रत्नपार्कमा आयोजित प्रदर्शनमा कांग्रेस नेता प्रकाशमान सिंहलगायत सहभागी भए । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।