Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ १९। आठपटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठले टेबलटेनिस एकेडेमी सञ्चालनमा ल्याएकी छन् ।
‘स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी’ नाम दिइएको एकेडेमीको सोमबार उद्घाटन गरिएको छ । टेबलटेनिसबाट खेल जीवन सुरुवात गर्न चाहनेका लागि लक्षित गरी एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीमा प्रतियोगितासमेत खेलाउन सकिने नविताले बताइन् ।
देशैभरिबाट सम्भावना बोकेका खेलाडीलाई अवसर दिने लक्ष्य रहेको पनि नविताको भनाइ छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालनमा ल्याउन लागिएको एकेडेमीको कुल लागत ३५ लाख रुपैयाँ रहेको छ । ६ वटा टेबलटेनिस बोर्ड राखिएको एकेडेमीमा सञ्चालनमा आएसँगै ११ खेलाडी आबद्ध भइसकेका छन् ।
एकेडेमीको उद्घाटनमा पुगेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारी र निजी क्षेत्रबाट खेलकुदमा लगानी गरेर अगाडि बढेमा खेलकुद क्षेत्रले फड्को मार्ने बताए ।
नेपालको नम्बर एक महिला खेलाडी नविता लगातार आठपटक राष्ट्रिय च्याम्पियन बन्दै कीर्तिमान बनाउने खेलाडी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय