Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

माघ १९ । नेपाल राष्ट्र बैंकले माघ २० गते १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । सरकारको चालु आर्थिक वर्षमा राष्ट्र ऋण उठाउने तालिकाअनुसार नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।
सातवर्षे अवधिको ‘विकास ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमा सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ । उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ ।
माघ २० गते बोलकबोल पेश गर्ने मिति रहेको ऋणपत्रको निष्कासन मिति माघ २१ गते रहेको छ । यस्तै सावाँ २०८३ माघ २१ गते भुक्तानी हुनेछ । उक्त ऋणपत्रमा लगानी गर्नेले आर्जित ब्याजदरमा ब्याजकर तिर्नु नपर्ने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने विकल्प छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोल गर्नेलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । प्रतिस्पर्धीमा सहभागी नहुनेलाई छुट्याएको रकम पूरा कबोल नभए प्रतिस्पर्धी बोलकबोलवालाई बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिस्पर्धीले कबोल गरेको ब्याजदरको आधारमा सानोदेखि ठूलोसम्म क्रम मिलाएर बाँडफाँड गरिने रकमसम्म कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलकबोललाई ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
उक्त ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमासम्म ५० हजारले भाग गर्दा निःशेष भाग जाने रकममा भाग गर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजप्राप्त संस्थाले भने अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय