माघ १९। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सरकारी पक्षबाट बहस सुरु भएको छ । अहिले महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् ।
आइतबार निवेदकको तर्फबाट बहस सकिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट परेको थियो । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर रिटमा निवेदकका पक्षबाट ७० कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट १८६ अधिवक्ताले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्नेछन् । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट ११ जना अधिवक्ता र अन्य १७५ जना कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्न वकलतनामा भरेका छन् ।
गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सरकार पक्षले विघटन संविधानसम्मत भएको दाबी गरिरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs