
१८ माघ। गत असोजमा सम्झौता भएर मंसिर पहिलो हप्तादेखि काम शुरु भएको रोल्पाको धाङसी खोला पुलको शिलान्याश तीन महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन् ।
२५ प्रतिशत काम भइसकेको पुल शिलान्याशको नाममा सरकारी खर्चमा जिल्ला आएर गुटको भेला गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले कार्यक्रमको भद्र अवज्ञा र विरोध गरेको छ ।
प्रचण्ड–माधव समूहको विरोधका कारण शनिबारको शिलान्यास कार्यक्रममा नगण्य उपस्थिति हुन पुग्यो । सुरक्षाकर्मीसहित करिब सय जना हाराहारीमा मात्रै ओली पक्षका कार्यकर्ता र स्थानीयको उपस्थिति हुँदा शिलान्याश कार्यक्रम खल्लो भएको स्थानीय पत्रकार मानसिंह विकले बताए ।