Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

माघ १६ । भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने भएको छ ।
महानगरले आज शुक्रबार विहान पत्रकार सम्मेलन गरी शिलान्यास कार्यक्रम बहिष्कार गर्ने जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शनिबार सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । आफूहरुको समन्वय बिनानै शिलान्यास कार्यक्रम राखिएको भन्दै कार्यक्रम बहिष्कार गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । ‘हामीलाई कार्यक्रमबारे निमन्त्रणा पनि छैन, समन्वय पनि गरिएको छैन, महानगर कार्यक्रममा सहभागि पनि हुँदैन’–पत्रकार सम्मेलनमा प्रमुख दाहालले भनिन् ।
उनले थपिन्–‘महानगरसंग कुनै समन्वय र सहकार्य नगरी शिलान्यासको तयारी गरिएकोप्रति महानगर असहमती प्रकट गर्दछ, महानगरलाई निषेध गरेर संघीयताको मूलमर्म विपरीत केन्द्रीकृत शासनको झल्को दिनेगरी संघीय सरकारले गम्भीर विभेद गरेको छ, स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको महसुस गरेका छौं ।’
दुई ठूला परियोजनाको जोसुकैले शिलान्यास गरेपनि काममा अवरोध भने हुन नदिने महानगरले प्रतिवद्धता जनाएको छ । महानगर प्रमुख दाहालले भनिन्–‘एक दिन आएर ढुंगामा फूल चढाउँदैमा केही हुँदैन, सन्तानको माया असली आमालाई हुन्छ, सिटी हल र ६ लेन सडक निर्माणलाई तिव्रता दिन्छौ ।’
उनले ती दुई परियोजनालाई यसअघि नै शिलान्यासको लागि पटक–पटक संघीय सरकारलाई आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै अहिले जस लिनका लागि देखावटी काम भइरहेको आरोप लगाइन् । ‘पटक–पटक आग्रह गर्दा कसैले टेरेनन्, अहिले काम चलाउ सरकारले शिलान्यास गर्दै हिड्नुको उद्देश्य के हो रु राज्यको साधान स्रोत र शक्तिको दुरुपयोग भइरहेको छ’–प्रमुख दाहालले भनिन् ।
उनले मंसिर १४, २७ र पुस १० गरी तीन पटक शिलान्यासको मिति सारिएको भन्दै अहिले निर्माण कार्य सुरु भएको दुई महिनापछि शिलान्यस गर्न लागिएको प्रति आपत्ति प्रकट गरिन् ।
उनले संघीय सरकारको गतिविधिले स्थानीय सरकारलाई हतोत्साहित बनाउने काम भइरहेको आरोप लगाइन् । उनले दुई ठूला आयोजनाको परिकल्पनाकार भरतपुर महानगर नै भएको भन्दै तीन वर्षदेखि नै महानगर लागी परेकाले अहिले यो अवस्था आएको बताइन् । ‘महानगर सुतेर बसेको भए अहिले ती आयोजना चितवन आउने थिएन्’ प्रमुख दाहालले प्रश्न गर्दै भनिन्–‘यसलाई अगाडी बढाउने प्रस्ताव कसले लग्यो सबैलाई प्रश्न छ ।’
संघीय सरकारको बजेटमा भरतपुर महानगरपालिकाको स्वामित्वमा रहने गरी भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको पछाडी ४ विगाहा ४ कठ्ठा क्षेत्रफलमा सुविधासम्पन्न सभाहल ९सिटी हल० निर्माण भइरहेको छ । २०७५ पुस १७ गते भरतपुर महानगरपालिकाको नाममा उक्त जग्गाको लालपूर्जा प्राप्त भएपछि सिटीहल निर्माणको प्रक्रिया अघि बढेको हो ।
यस्तै गोन्द्रा–नारायणगढ ६ लेन सडक निर्माणको काम पनि अहिले धमाधम भइरहेको छ । यी दुई परियोजनाको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चितवन आउँदैछन् । उनले शिलान्यासपछि नेकपा ९ओली समूह०ले केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय