Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

माघ १६ । ओमनमा रहेको नेपालीलाई सतर्क हुन दूतावासले आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोरोनाभाइरसको अनुगमन र मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीकोे निर्णय अनुसार ओमानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन थप सतर्क हुन निर्देशन जारी गरेको छ । उक्त निर्देशिका अन्तर्गत सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ ।
दूतावासले पर्याप्त मात्रामा सामाजिक दूरी कायम गर्न एवम् भाइरसको संक्रमणबाट जोगिन रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न अपिलसमेत गरेको छ ।
नेपाल, ओमानलगायत प्रायः देशले यसको रोकथामका लागि भ्याक्सिनको प्रयोग गर्न शुरू गरिसकेका छन् । विभिन्न मुलुकमा यस भाइरस परिवर्तित स्वरूपमा फेला परिरहेको र उक्त परिवर्तित अझ बढी संक्रामक रहेको अनुसन्धानहरूले देखाएको छ ।
ओमानमा रहेका नेपालीलाई यस सम्बन्धमा थप केही बुझ्न परेमा दूतावासको सम्पर्क नं। २४६९६१७७ वा २४६९६८८३ अथवा दूतावासको हटलाइन ७१५९२४९० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय