Nepali Unicode | Preeti to Unicode
 BREAKING
काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री | ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू | विराटनगरको पोखरीया माविकी छात्राले २ तला माथिबाट हाम्फाल्दा अवस्था गम्भीर | बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल |

माघ १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएकालाई सहज रूपमा नेपाल आउन दिने प्रस्ताव गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप लगाएका पर्यटकलाई नेपाल आउन दिन सहज गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका हुन् ।
शुक्रबार पत्रकारहरुसँगको छलफलमा उनले सबैको सुझावको आधारमा खोप लगाएको प्रमाणसहित नेपाल घुम्न आउने पर्यटकलाई अनअराइभल भिसा दिने विषयमा प्रस्ताव लैजाने बताए । कोभिडका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित रहेको भन्दै यस क्षेत्रलाई कसरी सहज गराउने विषयमा मन्त्रालयले काम गरिरहेको उनले बताए ।
मन्त्री ढकालले दुई दिन सार्वजनिक बिदा दिने वा वर्षमा निश्चित दिन पर्यटन बिदा दिने विषयमा छलफल भइरहेको बताए । “हप्ताको एक दिनको हिसाबले वर्षमा घुम्नको लागि नै बिदा दिने भन्ने बढी व्यावहारिक हुने र त्यसले पर्यटन प्रवर्द्धन हुन्छ । हामी छलफलमा छौँ,’’ उनले भने ।
उनले निर्माणाधीन विमानस्थल सम्पन्न गर्न प्राविधिकहरुका कारण विलम्ब भएको रिपोर्ट आएकाले परराष्ट्र मन्त्रालयमार्फत विदेशबाट प्राविधिक ल्याउन पहल भइरहेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विमान प्रवेशको अनुमतिका लागि भारत सरकारसँग छलफल भइरहेको जानकारी दिए । पछिल्लोपटक परराष्ट्रमन्त्रीको भारत भ्रमणको बेलामा पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय