Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

माघ १६ । नेपाललाई लेसक्यास सोसाइटी बनाउने भन्दैं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुरु गरेको क्यूआर कोड अभियानले तीव्रता पाएको छ ।
नबिल बैंकको सक्रियतामा यही माघ १६ गते शुक्रबारबाट कुलेश्वरमा रहेको फलफूल थोक बजारमा क्यूआर कोडको शुभारम्भ भएको छ । राष्ट्र बैंकका गभर्नर अधिकारीले उक्त बजार परिसरमा क्यूआर कोड भुक्तानीको शुभारम्भ गरेका हन् ।
उनले बैंकले सुरु गरेको नगदरहित कारोबार सेवा ९क्यूआर०को सुरुवात गर्दै अब नगद कारोबार हैन, लेस क्यास सोसाइटी होस् भन्ने चाहना रहेको बताए । “अब मलाई धेरै नोटमा हस्ताक्षर गर्ने रहर छैन, मेरो हस्ताक्षर भएको नोट नमुनाको लागि मात्रै रहोस् भन्ने मेरो चाहना छ,” गभर्नर अधिकारीले भने ।
उनले क्यूआर कोडमा अतिरिक्त खर्च नभएको र सबैको पहुँचमा समेत रहने बताए । “यो नगदरहित लेनदेन मात्रै हैन, पारदर्शितासँग गाँसिएको छ । डेटा एनलाइसिससँग गाँसिएको छ, यसले कुन दिनमा कतिको कारोबार भयो भनेर अध्ययन गर्न पनि सकिन्छ,’’ उनले भने । यसले बढीभन्दा बढी नागरिकलाई वित्तीय प्रणालीमा ल्याउने उनको भनाइ छ ।
गभर्नर अधिकारीले फलफूल बजार परिसरभित्रको एक पसलमा फलफूल खरिद गर्दै क्यूआरको माध्यमबाट भुक्तानी गरेका थिए । सोही बजारबाट थोक मूल्यमा फलफूल खरिद गरेर टोलटोलमा साइकल तथा ठेलामा फलफूल बिक्री गर्ने साना व्यापारीको गलामा समेत बैंकको क्यूआर झुन्डिएको छ । बारा घर भएर उक्त बजारबाट थोक मूल्यमा फलफूल खरिद गरी टोलटोलमा फलफूल बिक्री गर्दै आएका मोहमद सुन्तानसँग पनि गभर्नर अधिकारीले फलफूल खरिद गरेर क्यूआरको माध्यमबाट झुक्तानी गरे ।
फलफूल व्यापारी मोहमदसमेत बैंकको क्यूआर कोडको बैंक खातामा रकम जम्मा हुँदा दंग देखिन्थे । गल्लगल्लीमा गएर फलफूल बिक्री गर्दा पैसा सुरक्षित रुपमा बैंक खातामा जम्मा हुँदा आफूलाई व्यापार गर्न सहज भएको उनको अनुभव छ । करिब एक साताअघिबाट यसरी गलामा क्यूआर झुन्ड्याएर हिँड्न लागेका उनी हरेक दिन १०(१२ जनाले यसरी नै क्यूआरको माध्यमबाट पैसा दिने गरेको सुनाउँछन् ।
उनी मात्रै हैन, भारतको बिहार घर भएर सोही बजारबाट थोक मूल्यमा फलफूल खरिद गरी काठमाडौंका टोलटोलमा गएर व्यापार गर्दै आएका प्रमोद साहको गलामा पनि क्यूआर झुन्डिएको छ । उनी पनि व्यापार गरेको पैसा सिधै बैंक खातामा भुक्तानी हुँदा दंग छन् । यसले व्यापार गर्न सहज भएको उनी बताउँछन् । यसरी कारोबार गर्दा पैसा हराउने तथा चोरी हुने डरसमेत नभएको उनीहको अनुभव छ ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले एउटा बजारमा मात्रै सीमित नभएर यसलाई देशभर बनाउने बताए । हरेक व्यापारी र पसलमा क्यूआर हुनुपर्ने र हरेक नागरिकले क्यूआरको माध्यमबाट भुक्तानी गर्नुपर्नेमा उनको जोड थियो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले पनि क्यूआर कोडलाई विस्तार गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय