Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ १६। सरकारले आजबाट नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै दुवै देशका नागरिकले आवतजावत गर्न पाउने भएका छन् । नेपाली नागरिकले सहज रूपमा प्रवेश पाउने भए पनि भारतीय नागरिकले नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार भारतीय नागरिक के प्रयोजनका लागि नेपाल आउने हो, सबै कारण खुलाएर गृहको स्वीकृतिपछि मात्रै प्रवेश पाउनेछन् ।
सरकारको निर्णयपछि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।
सरकारले कोरोनाभाइरसको जोखिम नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयमा नाका बन्द भए पनि आवतजावत भने हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय