Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

माघ १५ । सेयरबजारमा बिहीबार बैंकहरुको वित्तीय संस्थाले प्रकाशन गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणको प्रभाव परेको छ । बैंकिङ उपसूचकसँगै नौ समूहको उपसूचक घट्दा आज नेप्से परिसूचक दोहोरो अंकले घटेको हो ।
निर्जीवन बिमा र उत्पादनमुलक समूहमा आएको उच्च वृद्धिले पनि परिसूचकमा उल्लेख्य टेवा दिन सकेन । अन्ततः साताको अन्तिम दिन नेप्से १६।५५ अंकले घटेर २४२५।२९ मा कायम भयो ।
नेप्से घट्दा कारोबार रकममा यसअघिका सबै रेकर्ड तोडिएको छ । बिहीबारको बजारमा करिब १० अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भए । यसदिन २०९ कम्पनीका दुई करोड २१ लाख ५३ हजार कित्ता सेयर नौ अर्ब ८९ करोड ८४ लाख रुपैयाँमा किनबेच भएका हुन् ।
तर, बैंकिङसहित होटेल, विकास बैंक, जलविद्युत्, वित्त र म्युचुअल फन्डको उपसूचक एक प्रतिशतभन्दा बढी ऋणात्मक भए । जसमध्ये बैंकिङ समूह सर्वाधिक २।३४ प्रतिशतले ओरालो लाग्यो ।
बजारमा कारोबारमा आएका ११६ कम्पनीको सेयर मूल्य घटे भने ८१ कम्पनीको सेयर मूल्य बढे । नेप्सेमा दोहोरो अंकको गिरावट आए पनि सूर्योदय लघुवित्त र सगरमाथा इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढे । यस्तै, अन्य चार कम्पनीको मूल्य करिब १० प्रतिशतले बढे । मूल्य घट्ने सबै कम्पनीका सेयरधनीले सेयर मूल्यबाट ७ प्रतिशतभन्दा बढी गुमाउका छैनन् ।
यसदिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरको भयो । कम्पनीका ५७ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका हुन् ।
सबैभन्दा बढी कारोबार संख्या प्रभु लाइफको सेयरको भयो । कम्पनीको आईपीओ बिक्री भएर दोस्रो बजारमा कारोबार खुलेयता लगातार मूल्य बढीरहेको छ । मूल्य बढ्दै जाँदा कारोबारमा आउने सेयर संख्या र कारोबार संख्या पनि बढ्दो छ ।
बिहीबारसम्म सबै वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये अधिकांशको नाफा घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय