Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

माघ १५ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई तीन महिनामा नागरिक समाजका अगुवा बनाउने बताएका छन्।
आज नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘एक जना साथी त अस्ति नागरिक अगुवा भएर जानुभएछ। यसो चित्र निहालेर हेरेँ अरू अझै गएका रहेनछन्। प्रचण्ड(नेपालहरूको पनि बाटो त्यही हो।’
प्रधानमन्त्री ओलीले प्रचण्ड(नेपाल तीन महिनामा नागरिक समाज हुने पनि ओलीको दाबी छ।
‘उनीहरू पनि त्यहीँ पुग्छन्। पार्टी सिध्यो। तीन महिना लाग्छ। तीन महिनामा यिनीहरू पनि नागरिक समाज हुन्छन्।’
प्रचण्ड नेपाललाई नागरिक समाजका सम्मानित व्यक्तित्व बनाएर राख्नुपर्ने ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर ठिक गरेको पनि दाबी गरेका छन्।
उनले अस्थिरता रोकेको पनि बताए। अबको चुनावबाट देशभक्तिलाई जनताले जिताउने उनको दाबी थियो।
चुनावमा जान प्रचण्ड(नेपाल डराएको र चुनावदेखि आत्तिएको ओलीको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय