Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
कोरोना संक्रमितको संख्या ४४ हजार २३६
Nepali Unicode | Preeti to Unicode

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए ।

जसमा ४६४ महिला र ८९५ पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४  रहेको छ ।

नोभेल कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो  त्यसैगरी हालसम्म २५  हजार ५६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।

आज देशभरका १३ हजार ६३८ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ९४२ जना र होम आइसोलेसनमा ७ हजार ४६२  रहेका छन् । आजसम्म देशभर ६ हजार ५६१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १९ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ४ जना गरी १७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १५१  जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् ।  ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

सोमबार ११ हजार १२९  जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस अवधिमा ५४४ जना डिस्चार्ज भएका थिए । सोमबार थप सात जनाको मृत्यु भएको थियो ।

मंगलबार १२ हजार ८८ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा एक हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसैगरी यस अवधिमा ७६८ जना डिस्चार्ज भएका छन् । त्यसैगरी ११ जनाको मृत्यु भएको छ ।

बुधबार एक हजार १२० जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी एक हजार ११२ जना डिस्चार्ज भएका थिए । सोही अवधिमा देशभर १२ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

बिहीबार १३ हजार ४१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यस अवधिमा ९१७ जनामा देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय