Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

१५ माघ। बुधबार साँझ त्रिपुरेश्वरस्थित घरबाट पक्राउ परेका चिनी उद्योग राकेश अग्रवाललाई कारबाहीका लागि सर्लाही पठाइएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।
उनका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई पक्राउ गरिएको थियो । सर्लाहीका एसपी सन्तोष सिंह राठौरका अनुसार अग्रवालविरुद्ध १७ करोड रुपैयाँ माग दाबी गर्दै किसानले जाहेरी दिएका थिए । त्यसमध्ये उनले १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ तिरिसकेका छन् ।
‘उनी पक्राउ परेको खबर पाएपछि थप किसानको पनि जाहेरी आउनसक्छ’, एसपी राठौरले अनलाइनखबरसँग भने, ‘यहाँ ल्याइसकेपछि थप अनुसन्धान गर्छौं ।’ आफूले उब्जनी गरेको उखुको भुक्तानी नपाएपछि आन्दोलन गर्न किसान काठमाडौं आएका थिए । त्यसपछि गृह मन्त्रालयले चिनी उद्योगलाई पक्राउ गरेर भए पनि रकम असुल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय