माघ १४ । नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कोभिड(१९ खोप केन्द्र शुभारम्भ भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले खोप लगाएर केन्द्रको शुभारम्भ गरेकी हुन् ।
नेपाल सरकारबाट प्राप्त उक्त खोप प्रथम चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सवारी चालकलगायत व्यक्तिलाई लगाउने लक्ष्य रहेको उक्त अस्पतालले जानकारी दिएको छ ।
नेपाल सरकारले तोकेको विभिन्न खोप केन्द्रमध्ये नेपाल प्रहरी अस्पताल दोस्रो ठूलो खोप केन्द्र हो । केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ संघ(संस्थाका व्यक्तिहरुलाई खोप लगाउने योजना छ ।