Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
नेदरल्यान्ड्समा लकडाउनविरुद्ध लगातार प्रदर्शन:चार दशकपछिकै हिंसात्मक झडप
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

माघ १३। नेदरल्यान्ड्समा तेस्रो दिन लगातार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बढ्दो कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनको विरोध गर्दै मानिसहरु सडकमा उत्रिएका हुन् । जसमा हालसम्म देशभरबाट २५० जना पक्राउ परिसकेको स्थानीय मिडियाले जनाएको छ ।
नेदरल्यान्ड्समा १० लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने १३ हजार ५०० जनाको यसबाट मृत्यु भएको छ । सरकारले अहिले महामारी सुरु भएदेखिकै सबैभन्दा कडा लकडाउन जारी गरेको हो जसमा राति ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यु जारी गरिएको छ । दोस्रो विश्वयुद्धपछि पहिलोपटक नेदरल्यान्ड्समा यस किसिमको नियम लागु गरिएको हो । कसैले नियम उल्लंघन गरे ११५ डलरसम्मको जरिवाना तोकिएको छ ।
नेदरल्यान्ड्समा गत अक्टोबरदेखि नै देशभरका रेस्टुरेन्ट र बारहरु बन्द छन् छ । स्कुललगायत अन्य व्यवसायहरु पनि गएको महिनादेखि बन्द गराइएको छ । नयाँ प्रकारको भाइरसको डरले बेलायत, दक्षिण अफ्रिका र दक्षिण अमेरिकाबाट उडान हुने विमानमाथि पनि प्रतिबन्ध लगाइएको छ ।
कोरोनासम्बन्धी नयाँ नियमको विरोधमा सोमबार भएको प्रदर्शनमा देशभरका विभिन्न सहरहरुमा हिंसात्मक दृश्य देखियो । धेरै क्षतिबारे रिपोर्ट गरिएपछि एम्सरडर्ममा पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु पक्राउ परेको बताइएको छ । यसअघि, रोटरडमका मेयरले आपत्कालीन निर्देशन जारी गरेका थिए । जसले प्रहरीहरुलाई पक्राउ गर्नेसम्बन्धी अझ बढी शक्ति दिलाएको छ ।
आइतबारको हिंसात्मक झडपलाई डच प्रहरीहरुले चार दशककै सबैभन्दा खराब किसिमको हिंसा र अशान्ति भनेर व्याख्या गरेका थिए । शनिबारको आन्दोलनमा कोभिड परीक्षणका केन्द्रहरुमा पनि आगजनी गरिएको थियो । उता, प्रहरीले एकजना ३९ वर्षीय व्यक्तिलाई पत्रकारहरुविरुद्ध धम्कीपूर्ण सन्देश पोस्ट गरेको आरोपमा पक्राउ गरेको छ । विभिन्न सहरमा मेयरहरुले आपत्कालीन उपाय अपनाइ थप क्षतिबाट जोगाउने वचन दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय