
माघ १२ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको नेपाली कांग्रेसमा असंवैधानिक भनेको कदममविरुद्ध उभिने कि नउभिने भन्ने विषयको विवाद कायम छ । सभापति शेरबहादुर देउवा पक्ष संवैधानिकरअसंवैधानिक छुट्टाउने अधिकार सर्वोच्चलाई भएको भन्दै फैसलाअघि विरोधका थप कार्यक्रम नगर्ने पक्षमा छ ।
तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने संविधान मिचेर सर्वोच्चलाई प्रभावित पार्ने प्रयास स्वयं प्रधानमन्त्रीबाट भइरहेको भन्दै त्यसविरुद्ध अझ सशक्त रुपमा सडकमा जानुपर्ने पक्षमा छ । त्यसैले मंगलबार हुने बैठकअघि देउवा र पौडेल पक्ष आ(आफ्नै तयारीमा जुटिरहेका छन् ।
सभापति देउवा पक्षको दैनिकजसो देउवा निवास बूढानीलकण्ठमा छलफल भइरहेको छ । त्यसबाहेक दोस्रो तहका नेताहरु पनि पार्टी कार्यालयदेखि विभिन्न स्थानमा साना(ठूला समूहमा छलफल गर्दै तत्कालका लागि विरोधका कार्यक्रमपछि सारेर सर्वोच्चको निर्णयका आएपछि मात्र रणनीति बनाउने विषयमा लागिरहेका छन् । उनीहरु सभापतिले असंवैधानिक भनिसकेपछि चुप बस्ने र पौडेल पक्षलाई सशक्त हुन नदिन संवाद जारी राख्ने पक्षमा छन् ।
सभापति देउवाले महामन्त्री शशांक कोइरालालाई निवासमै डाकेर पटक(पटक चुनावका पक्षमा उभिन आग्रह गरे पनि कोइरालाले रामचन्द्र पौडेलसँग कुरा गर्न भनेपछि गत ५ गते पौडेल निवास बोहोराटार पुगेका थिए । करिब डेढ घण्टा लामो भेटवार्तामा मन माझामाझबाहेक केही सुधारका लक्षण नदेखिएपछि देउवाले ६ गतेका लागि डाकेको बैठकसमेत स्थगित गरेका थिए ।
खासगरी प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको र दुवै प्रदेशका लागि कांग्रेस निर्णयक रहेको सन्दर्भमा कहाँ उभिने भन्न विषयमा देउवा र पौडेलबीच थप विवाद भएको थियो । देउवाले प्रदेशका अनुकूलता हेरेर जता लाग्दा फइदा हुन्छ त्यतै लाग्न मिल्ने गरी प्रदेश संसदीय दललाई नै निर्णयको अधिकार दिन प्रस्ताव गरेका थिए । तर, पौडेलले पार्टीले केन्द्रीय समिति बैठकबाटै नीतिगत निर्णय गर्नुपर्ने र अर्को दिनको बैठकको मुख्य ‘एजेन्डा’ नै त्यही हुने बताएपछि सभापति देउवाले ६ गतेको बैठक नै स्थगित गरिदिएका थिए ।
त्यसयता दुवै प्रदेशका विषयमा देउवाले निवासमै पौडेलसहित सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुसँग छलफल गरेर ओलीसँग समेत अनुकूलता हेरेर सहकार्य गर्ने प्रस्ताव राखेका थिए । तर, उनी पक्षकै नेताहरु विजयकुमार गच्छदार तथा भीष्मराज आङदेम्बेलेसमेत विरोध जनाएपछि देउवा संसदीय दलका नेताहरुसँगको छलफलपछि मात्र निर्णयमा पुग्ने बताएका थिए । वाग्मती प्रदेशमा पनि जसले मुख्यमन्त्री दिन्छ उसैसँग सहकार्य गर्ने भने पनि असहमत पक्षले प्रतिवाद गरेपछि कांग्रेस कुनै निर्णयमा पुगेको छैन ।
त्यही विषयमा छलफलका लागि पौडेल पक्षले सोमबार शशांक निवास महाराजगन्जमा भेला गरेर देउवामाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । काठमाडौंमा उपलब्ध पौडेल पक्षका नेताहरु महाराजगन्जमा भेला भएका छन् ।