Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ । ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो।

विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले गएराति साढे १२ बजे विशेष महाधिवेशन हलमा निर्वाचित पदाधिकारीहरूको नाम सुनाउनु भएको थियो । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल निर्वाचित हुनुभएको छ ।

महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको नाममा सर्वसम्मति भएको छ। सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) निर्वाचित हुनुभएको छ ।

सभापति शेरबहादुर देउवासँग आइतबार बिहानैदेखि भएको वार्ता सहमतिमा पुग्न नसकेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाउँदै नयाँ कार्यसमिति चयन गरेको हो।

विशेष महाधिवेशन पक्षले देउवा पार्टीको सक्रिय भूमिकाबाट अलग हुनुपर्ने र कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरी उहाँकै नेतृत्वमा चुनावमा जानुपर्ने प्रस्ताव राखेको थियो। देउवा र उनी पक्षका नेताहरू यसमा सहमत भएनन्।

त्यसलगत्तै पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो।

यो निर्णयपछि सहमतिको सबै बाटो बन्द भएको भन्दै विशेष महाधिवेशन हलले निर्वाचन प्रक्रियालाई अन्तिम रूप दिएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय