Nepali Unicode | Preeti to Unicode

माघ १२ । बालुवाटार घेराउ गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका नागरिक समाजमाथि प्रहरीले धरपक्कड गरेको छ ।
संसद विघटनको विरोधमा नागरिक समाजले आज बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपक्कड गरेको हो । अधिकारकर्मी कृष्ण पहाडीसहित अन्यलाई प्रहरीले पक्राउ गरेको हो ।
निषेधित क्षेत्रमा विरोध प्रर्दशन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रदर्शनकारीले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय