माघ १२। नागरिक समाजले आज प्रधानमन्त्री निवास वालुवाटारमै विरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटनको विरोधमा नागरिक आन्दोलनले बालुवाटार अगाडि नै विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
युग पाठकका अनुसार नागरिक आन्दोलनमा जनतालाई मात्रै मार किन भन्ने विभिन्न नाराहरु रहनेछन् । उनले भने, ‘‘दिउँसो २ बजे कमलपोखरीमा जम्मा भइ पोखरीको माटो अभियान्ताको निधारमा लगाएर विरोध प्रदर्शन सुरु हुनेछ । पोखरीदेखि बालुवाटारसम्म मार्चपास गरिने छ ।”