Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

माघ १२ । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज बिहान ९ बजे सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नं को टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रमोद र पछाडि सवार गुडडुको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापश्चात् स्थानीयवासीले शव सडकमा राखेर गौशाला– सम्सी सडकखण्ड जाम गरेका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय