Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
टिपरले ठक्कर दिँदा दुईजनाको मृत्यु
Nepali Unicode | Preeti to Unicode

माघ १२ । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज बिहान ९ बजे सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नं को टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रमोद र पछाडि सवार गुडडुको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापश्चात् स्थानीयवासीले शव सडकमा राखेर गौशाला– सम्सी सडकखण्ड जाम गरेका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय