Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

सरकारले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक बस सञ्चालन असोज १ गतेबाट सडकमा बस गुडाउने भनिए पनि सम्भव नभएको व्यासायीहरु बताउँछन । राजधानी काठमाडौंमा र अन्य जिल्लामा चल्ने अधिकांश बस ग्यारेजमा र पार्किङ स्थलमा थन्क्याएर राखिएको छ । सवारी साधनहरु लामो समयदेखि नचल्दा विभिन्न पाटपुर्जा बिग्रिएको र मर्मतका लागि लाखौँ खर्च हुने भएकाले यही अवस्थामा संचालन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय कुमार स्वाँरले बताए ।

सरकारले कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा बन्द छन । ६ महिना देखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाए सगैँ अहिले सवारी साधानहरुमा झार उम्रिएर बसपार्क, ग्यारेज तथा अन्य स्थानमा अलपत्र अवस्थामा रहेका छन ।यातायात व्यवसायीले त संकटपूर्ण अवस्था सृजना भएको भन्दै पुनः व्यवसाय सुरु गर्ने आँटसमेत गरेका छैनन् । सरकारले सहयोग नगरे आफूहरु आत्महत्या गनुपर्ने अवस्था पुगेको एक व्यवसायीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय