Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
वन्यजन्तुको आक्रमण बढेपछि बाघ, गैंडा संरक्षण र सचेतना पाठशाला
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

माघ १० । चितवनमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायलाई लक्षित गर्दे बाघ, गैंडा संरक्षण पाठशाला शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीमा रहेका बाघ गैंडालगायत बन्यजन्तु संरक्षणका साथ मानवीय क्षति कम गर्न शुक्रबारदेखि बाघ, गैंडा संरक्षण र सचेतना पाठशाला शुरु गरिएको हो ।
राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान मध्यवर्ती क्षेत्र चितवनको आयोजनामा बेलशहर मध्यवर्ती सामुदायिक वन, गंगानगरमा ३२ वटा संस्करणको लागि पाठशालाको सुरु गरिएको संरक्षणकर्मी एवम संस्थाका अध्यक्ष अपिल घिमिरेले जानकारी दिए ।
मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने र नदी र जंगलमा आश्रित समुदायमा बढी मानवीय क्षति भएकोले यसको न्यूनिकरण गर्न पाठशाला शुरु गरिएको घिमिरेको भनाइ छ । उनका अनुसार जंगलमा घाँस दाउरा गर्न जांँदा वन्यजन्तुको आक्रमणबाट कसरी बच्ने र सावधानी अपनाउने र दुर्लभ वन्यजन्तुको संरक्षणका बिषयमा कार्यक्रम केन्द्रित रहनेछ ।
फरक फरक समय पारेर गरिने पाठशालाको ३२ दिननै यससम्बन्धी विषय विज्ञ र संरक्षणकर्मीहरुले लक्षित वर्गलाई अभिमुखीकरण गर्ने बताइएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका प्रमुख डा बाबुराम लामिछानेले बाघ गैंडाको स्वभाव तथा जंगल जाँदा ख्याल गर्नुपर्ने कुराहरुको जानकारी गराएका थिए ।
सो क्रममा लामिछानेले बाघ र गैंडाले कस्तो अवस्थामा आक्रमण गर्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा शिक्षा सँगै यससम्बन्धि पुस्तकसमेत वितरण गरेका थिए । मानव र वन्यजन्तुको द्वन्द्व कम गर्दै मानवीय क्षति कम गरी वन्यजन्तु संरक्षण बिषयमा उनले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
बाघको मुख्य बासस्थान बेत बाँस रहेको र बेलसहर सामुदायिक वनले ती बाँसहरु हुर्काएर संरक्षण गरिरहेको वनका अध्यक्ष चेतबहादुर रानाभाटले जानकारी दिए । यस्ता सामुदायिक वनमा विशेष गरी विपन्न वर्ग घांँस दाउरा गर्न जाने भएकोले यस किसिमिको पाठशालाले मानवीय क्षति कम हुने उनले विश्वास व्यक्त गरे ।
पाठशालाले स्थानीयलाई संरक्षणमा लाग्न साथै वन्यजन्तुबाट जोगिन सहयोग पुग्ने रानाभाटले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय