माघ १० । काठमाडौंको आजको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ४.१ डिग्री सल्सियस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
काठमाडौंमा विहान कुहिरो लागिरहेको छ भने दिउँसो आंशिक बदली रहने छ । दिउँसो काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक तथा सामान्य बदली रहने छ भने प्रदेश १ र वाग्मती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी प्रदेशमा मौसम सफा रहने छ ।
विहान तराईंका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । काठमाडौं उपत्यकाको भिजिविलिटी १५०० रहेको छ । यो तुलनात्मक रुपमा न्यून भिजिविलिटी हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs