Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

माघ ९ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली कम्युनिस्ट पार्टीको अध्यक्ष बन्न लायक नरहेको बताएका छन् । उनले कम्युनिस्ट आन्दोलन र लोकतन्त्र दुवैका लागि केपी ओली लायक नरहेकाले कारबाही गरेको बताए ।
‘‘केपी ओली विश्वासघाती रहेछन् । यो पार्टीको अध्यक्ष बन्न लायक रहेनछन् । उनी अब कमरेड पनि रहेनन्,’ नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको सभामा खनालले भने, ‘‘पार्टी अध्यक्षबाट त हटाइनै सक्यौँ । अब उनलाई कम्युनिस्ट पार्टीको सदस्यबाट नै हटाउँदै छौँ ।’’ केपी ओली आफू भगौडा भए पनि अरुलाई भगौडा भन्दै आरोपित गरिरहेको उनले बताए ।
‘केपी ओली अरुलाई भगौडा भन्दैछन् । तर, उनी कमयुनिस्ट आन्दोलन र नेकपा पार्टीका भगौडा हुन्,’’ खनालले भने । उनले ओलीजस्ता काम नलाग्ने भइसकेका व्यक्ति पार्टीबाट जानुलाई स्वाभाविक रुपमा स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरे ।
खनालले थपे, ‘‘रुख पनि बढ्दै जाँदा बोक्रा उप्किने हुँदो रहेछ । हाम्रो पार्टी पनि रुखजस्तै हुर्कियो र केपी ओली बोक्रा उप्किएझैँ उप्किएर गए ।’’
उनले जीवनको उत्तरार्धमा केपी ओलीले लोकतन्त्र र कम्युनिस्ट आदर्श मात्र नभएर संविधान र कानुनसमेत भसलेको बताए । ‘‘केपी ओलीको यो कदम राजनीतिक कदम होइन । यो संविधान र लोकतन्त्रविरोधी घटना हो,’’ खनालले भने, ‘‘नेपाली जनताको जनादेशका विरुद्धको आक्रमण हो ।’’
उनले संविधानले देशलाई स्थिरतामा लैजाने परिकल्पना गरेको भन्दै पाँच वर्ष संसद् विघटन नहुने व्यवस्ता कसैले उल्लंघन गर्न नसक्ने बताए । ‘‘यो संविधानले स्थिरताको परिकल्पना गरेको छ । पाँच वर्षसम्म कसैले पनि संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको छ,’’ खनालले भने, ‘‘यो संविधान सार्वभौम जनताले बनाएको संविधान हो । देशलाई विध्वंस र अस्थिरतातर्फ लैजाने काम केपी ओलीबाट भएको छ । त्यसैले हामी सडकमा आउन बाध्य छौँ ।’’
उनले बालुवाटारमा बसेकाहरुले नेकपाको आधिकारिक हामी नै हौँ भन्ने गरेको भन्दै को आधिकारिक भनेर हेर्न सडकमै आउन ओलीलाई आग्रह गरे । ‘‘बालुवाटारमा बसेर यो पार्टीको हामी नै आधिकारिक हो भन्दैमा पार्टीको आधिकारिकता हुँदैन,’’ खनालले भने, ‘‘म केपी ओलीलाई सडकमा निम्ता दिन्छु । केपी ओलीजी सडकमा आएर हेर्नुहोस्, कुन पार्टी आधिकारिक हो रु’’
ओलीनिकटले अदालतमा हाम्रो सेटिङ छ भनेको भन्दै त्यस्तो सेटिङले पनि केही नहुने खनालले बताए । ‘‘हाम्रो सेटिङ छ भन्दै प्रचार गर्दै हुनुहुन्छ, अहिलेको सर्वोच्च अदालत राजा–महाराजाको हुकुम मान्ने सर्वोच्च अदालत होइन । सर्वोच्च अदालत संविधानविपरीत जाँदैन । संसद् पुनःस्थापना हुन्छ, हामीलाई विश्वास छ,’’ खनालले भने ।
उनले निर्वाचन आयोगले पनि चाँडै आफ्नो पक्षलाई आधिकारिकता दिने दाबी गरे । ‘‘यो निर्वाचन आयोग हामीले संविधानसभाबाट बनाएको संविधानअनुरुपको आयोग हो,’’ उनले भने, ‘‘यसले संविधान र कानुन हेरेर फैसला दिन्छ, प्रधानमन्त्री पदमा बसेर हुँकार गर्ने को छ भनेर होइन ।’’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय