Nepali Unicode | Preeti to Unicode

माघ ९ । रोल्पामा रुख काट्दा मुढाले लागेर एक शिक्षकको मृत्यु भएको छ । गंगादेव गाउँपालिका ३ बडाढुंगाका ४९ वर्षीय शिक्षक महेशकुमार केसीको सल्लाको काठ चिर्ने क्रममा मुढाले टाउकोमा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केसी स्थानीय गणेश आधारभूत विद्यालयका शिक्षक हुन । बिहीबार दिउँसो ३ बजेतिर आफ्नो घर निर्माण गर्न आवश्यक काठ चिर्न भन्दै झाँर्की सल्ला भन्ने ठाउँमा शिक्षक केसीले रुख काट्न लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय