Nepali Unicode | Preeti to Unicode

माघ ९ । तनहुँमा आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्यास नगरपालिका–११, दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरै छन् ।
मादकपदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको खुलेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय