Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

माघ ८। नेपाल कम्युनिस्ट पार्टी नेकपाका ओली समूहका महासचिव विष्णु पौडेलले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरेका छन् । बिहीबार राजधानीमा प्रेस संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्ड–नेपाल समूहलाई निर्वाचनबाट आत्तिएर भागेको आरोप पनि लगाए ।
उनले निर्वाचनबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा ठूलो दल बन्ने जिकिर गरे । “केपी शर्मा ओलीको नेतृत्वको नेकपा निर्वाचनबाट नेपालको सबैभन्दा ठूलो दलको हैसियतमा बहुमतप्राप्त दल बन्नेछ,’’ उनले भने ।
पौडेलले प्रचण्ड–नेपाल निर्वाचन आयोगमा गएर निर्वाचन नगर्न आयोगलाई धम्की दिएको भन्दै त्यो हास्यास्पद भएको पनि बताए ।
उनले प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेको पनि जिकिर गरे । तर, अदालतमा विचाराधीन विषय भएकाले अदालतको निर्णय स्वीकार गर्ने उनले बताए ।
अर्थमन्त्रीसमेत रहेका पौडेलले अर्को समूह पार्टी र सत्ताकब्जा गर्ने, ओलीलाई प्रधानमन्त्री र प्रथम अध्यक्षबाट हटाउने भन्नेमा उद्यत रहेकाले संसद् विघटनको अवस्थामा आइपुगेको बताए ।
उनले कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय