Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

माघ ८ । सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोहमा संलग्नमध्येका एकजना बाराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका–४, बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतो छन् ।
महतोले महागढीमाई नगरपालिका ३ बस्ने दीपेन्द्रप्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको र सो रकम प्राप्त गर्न अग्रिम एक लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी विभिन्न प्रलोभन दिई रकम ठगी गरी फरार रहेको खुल्न आएको छ ।
महतोविरुद्ध ठगी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय