Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको १० लाख डोज खोप आज नेपाल आइपुग्दै
Nepali Unicode | Preeti to Unicode

माघ ८ । भारतले अनुदानमा उपलब्ध गराएको कोरोना बिरुद्धको १० लाख डोज खोप आज नेपाल आइपुग्दै छ । एकै चरणमा ल्याउने तयारी भएको कोभिसिल्ड खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डयाको उत्पादन हो ।
भारतमा ३ हजार जनामा गरिएको अन्तिम चरणको परीक्षणमा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको थियो । डिसेम्बरको दोस्रो सातासम्म सिरमले ५ करोड डोज कोभिसिल्ड खोप उत्पादन गरिसकेको छ ।
कोभिसिल्ड भारत, बेलायत, अर्जेन्टिनालगायत देशमा वितरण भइरहेको छ भने बंगलादेश, माल्दिभ्स, भुटानलगायत मुलुकमा भारतले अनुदानमा उपलब्ध गराउँदैछ ।
खोपको साइड इफेक्टस्वरूप १० जनामध्ये एक जनामा जीउ भारी हुने, हल्का टाउको दुख्ने, बान्ता हुने, रुघा लागेकोजस्तो हुनेजस्ता लक्षण देखिनसक्छ । त्यस्तै एक सयमध्ये एक जनामा भने पसिना आउने, रिंगटा लागेज्स्तो हुने र छालामा बिमिरा आउनेजस्ता समस्या देखिनसक्ने उत्पादक सिरम कम्पनीले जनाएको छ ।
सिरमले भारत सरकारलाई १० करोड डोज खोप २०० रुपैयाँ प्रतिडोज उपलब्ध गराउने प्रतवद्दता गरेको छ भने त्यसपछिको उत्पादन १ हजार प्रतिडोज बजारमा बिक्री गर्ने जनाएको छ ।
चार हप्ताको फरकमा दुईपटक लगाउनु पर्ने यो खोप नेपालमा भने पहिलोपटक आज ल्याउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
प्राप्त हुने खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय