माघ ८ । इटालियन च्याम्पियन टोली युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।
युभेन्ट्सले यो नवौं पटक उपाधि जितेको हो । युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक–एक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल गरेको हो ।
खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs