Nepali Unicode | Preeti to Unicode
 BREAKING
काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री | ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू | विराटनगरको पोखरीया माविकी छात्राले २ तला माथिबाट हाम्फाल्दा अवस्था गम्भीर | बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल |

माघ ८ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला इञ्चार्ज हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक छन् ।
उनलाई मोरङको बूढीगंगा गाउँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि गत मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोप छ । प्रहरीका अनुसार हत्या आरोपमा समेत विक प्रतिवादी हुन् । हालसम्म हत्य आरोपमा कोही पनि पक्राउ परेका थिएनन् । हत्याको जिम्मेवारी भने विप्लव समूहले लिएको थियो ।
आफ्नो पार्टीविरुद्ध सुराकी गरेको आरोपमा सो समूहले शिक्षक श्रेष्ठको विभत्स हत्या गरेको थियो । तर, शिक्षक श्रेष्ठ सुराकी नभएको प्रहरीले बताउँदै आएको छ ।
उनको साथबाट एकथान सेमि अटोमेटिक पोस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले व्यवसायीहरुलाई धम्क्याएर चन्दा असुली गरेको समेत पाइएको प्रहरी दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय