Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको छ ।
निर्वाचन घोषणा लगत्तै पुस ६ गतेदेखिनै फोटोसहितको मतदाता नामावली संकलन रोकेको आयोगले १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
डोटी जिल्लामा पनि निर्वाचन सम्बन्धी गतिविधिहरु अघि बढेको जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख दलबहादुर मलासी बताउँछन् । उनले निर्वाचनको तयारीका विषयमा सरोकारवालाहरुसँग एक चरणको छलफल भएको बताए ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख मलासीका अनुसार २०७४ सालमा भएको निर्वाचनभन्दा यस निर्वाचनमा १० प्रतिशत बढी मतदाता थपिनेछन् । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार चार सय महिला र ४९ हजार एक सय ४३ पुरुष गरी एक लाख ६ हजार पाँच सय ४३ मतदाता रहेका थिए ।
उक्त निर्वाचनमा संघीय प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो । यस्तै समानुपातिकतर्फ ६९ हजार एक सय ४९ मत खसेको मलासीले जानकारी दिए ।
खसेका मतमध्ये प्रत्येक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाउँछ ।
‘अहिले कुल मतदाता संख्या एक लाख १७ हजार ६ सय १७ छ’ निर्वाचन कार्यालय प्रमुख मलासीले भने ‘१५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समय तोकिएको छ, त्यतिवेला केही घटन् सक्छन् ।’ महिला ६२ हजार तीन सय ४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय