Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको छ ।
निर्वाचन घोषणा लगत्तै पुस ६ गतेदेखिनै फोटोसहितको मतदाता नामावली संकलन रोकेको आयोगले १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
डोटी जिल्लामा पनि निर्वाचन सम्बन्धी गतिविधिहरु अघि बढेको जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख दलबहादुर मलासी बताउँछन् । उनले निर्वाचनको तयारीका विषयमा सरोकारवालाहरुसँग एक चरणको छलफल भएको बताए ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख मलासीका अनुसार २०७४ सालमा भएको निर्वाचनभन्दा यस निर्वाचनमा १० प्रतिशत बढी मतदाता थपिनेछन् । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार चार सय महिला र ४९ हजार एक सय ४३ पुरुष गरी एक लाख ६ हजार पाँच सय ४३ मतदाता रहेका थिए ।
उक्त निर्वाचनमा संघीय प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो । यस्तै समानुपातिकतर्फ ६९ हजार एक सय ४९ मत खसेको मलासीले जानकारी दिए ।
खसेका मतमध्ये प्रत्येक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाउँछ ।
‘अहिले कुल मतदाता संख्या एक लाख १७ हजार ६ सय १७ छ’ निर्वाचन कार्यालय प्रमुख मलासीले भने ‘१५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समय तोकिएको छ, त्यतिवेला केही घटन् सक्छन् ।’ महिला ६२ हजार तीन सय ४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय