Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

७ माघ । काठमाडौं विश्वविद्यालय केयू को उपकुलपतिमा प्राध्यापक डा। भोला थापा नियुक्त भएका छन् । थापालाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापा काठमाडौं विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुन् । शिक्षामन्त्री एवम् सहकुलपति कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले केयूको उपकुलपतिका लागि वर्तमान उपकुलपति डा। रामकण्ठ माकाजु, भोला थापा र बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो । यी तीनमध्येबाट थापालाई उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।दुई वर्ष कार्यकाल पूरा गरेर उपकुलपति माकाजु यही फागुन १० गते बिदा हुँदैछन् । केयूको उपकुलपतिका लागि ४० भन्दा बढी व्यक्तिहरुले आवेदन दिएका थिए ।
केयूका प्राध्यापक र कर्मचारीहरुले भने दुई वर्षे कार्यकालमा विवादित छवि बनाएका माकाजुलाई फेरि उपकुलपति नबनाउन दबाबमुलक अभियान सन्चालन गर्दै आएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय