Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

माघ ७ । भन्सार छली ल्याएको ११ हजार लिटर डिजेलसहित मोरङबाट दुईजना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–११ स्थित केशलिया सडकबाट सिटी रिक्सा र चारवटा मोटरसाइकलमा बिनाबिल अवैध रुपमा भन्सार छली ल्याइएको एक हजार १०० लिटर डिजेलसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
को२स १८०७ नम्बरको सिटी रिक्साका चालक विराटनगर महानगरपालिका–११ का ४५ वर्षीय नरेश सहनीलाई ४०० लिटर र बा१६प ३७०२ नम्बरको मोटरसाइकलका चालक सुनसरी साहेबगन्जका १८ वर्षीय किशोरलाई १७५ लिटर डिजेलसहित प्रहरीले पक्राउ गरेको हो ।
यस्तैै, को३प ३३६१ नम्बर, को२प २४३० नम्बर र को५प ८८६७ नम्बरको मोटरसाइकलबाट जम्मा ५२५ लिटर डिजेलसमेत प्रहरीले बरामद गरेको छ । फरार तीनजना मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय