Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

७ माघ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सार्वजनिक यातायात व्यवसायीले आज सवारीसाधनहरू बन्द गरेका छन् । वीरेन्द्रनगरबाट सञ्चालित आठवटा यातायात व्यवसायीहरूले संयुक्त विज्ञप्ती जारी गर्दै बन्दको घोषणा गरेका हुन् ।
दुई महिना अगाडि मात्रै सञ्चालनमा आएको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर नगरपालिकाले छलफल नै नगरी दुई ठुला यातायात प्रालिलाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको हो ।
नयाँ बसपार्कमा काउण्टर नपुगेको भन्ने बहानामा हठाहतपूर्ण तरिकाले २ वटा यातायात प्रालिलाई साविकको काउण्टरको दक्षिणतर्फ आउटडोर काउण्टर सञ्चालन गर्न संरचना निर्माण गर्न दिएपछि अन्य साना यायायात प्रालिले संयुक्तरुपमा विरोध जनाएका हुन् ।
नगरपालिकाले आफैंले बनाएको कार्यविधिविपरीत मध्यपश्चिम यातायात प्रालि र काँक्रेबिहार यातायात प्रालिलाई आउटडोर काउण्टरको संरचना बनाउन दिएको यातायात व्यवसायीहरूको भनाइ छ ।
सिटी बसपार्कभित्र सुर्खेतमा सञ्चालित १२ वटा यातायात प्रालिहरुले गोलाप्रथाको आधारमा काउण्टर सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय