माघ ७ । नेपाली बजारमा बुधबार सुन महँगिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।
यसदिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ । सुनचाँदीको मूल्य पछिल्लो दुई साताको अन्तरालमा सामान्य घटबढ भइरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs