Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

६ माघ । सर्च कमिटीले झण्डै चार दर्जन आकांक्षीहरुमध्येबाट काठमाडौं विश्वविद्यालय ९केयू०को उपकुलपतिमा डारामकण्ठ माकाजुसहित तीन जनाको नाम छनोट गरेको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले डा। माकाजु, केयूका पूर्वरजिष्ट्रार डा। भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम छनोट गरेको हो ।
केयूको उपकुलपति बन्न इच्छा देखाउँदै ४४ जनाले शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए ।
संक्षिप्त सूचीमा परेका माकाजु, थापा र लुइँटेलको नामावलीलाई अब कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाइने छ र प्रधानमन्त्री ओलीले कुनै एक जनालाई केयूको उपकुलपति नियुक्त गर्ने शिक्षा मन्त्रालयका एक अधिकारीले बताए । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।
माकाजुले केयूको उपकुलपतिको रुपमा लगातार दोस्रो कार्यकाल पूरा गरिसकेका छन् । उनैलाई फेरि सर्च कमिटीले तेस्रो कार्यकालका लागि पनि सिफारिस गरेको छ । आठ वर्षे कार्यकालमा माकाजु विवादित बनेको भन्दै केयूमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले एउटै व्यक्तिलाई पटक–पटक नेतृत्व नसुम्पिन दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।
केयूका उपकुलपति डा। माकाजुको पछिल्लो कार्यकाल यही माघ १० गते सकिँदै छ ।
केयूको ८८ औं सिनेट बैठकले उपकुलपति छनोट गर्न सहकुलपतिसमेत रहेका शिक्षामन्त्री श्रेष्ठको नेतृत्वमा सर्च कमिटी गठन गरेको थियो । सर्च कमिटीमा केयूको बोर्ड अफ ट्रष्टीका प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकुलपति सुरेश राज शर्मा सदस्य छन् । ढुंगाना र शर्मा माकाजुलाई तेस्रो कार्यकाल पनि उपकुलपति बनाउनुपर्ने पक्षमा उभिएका छन् ।
माकाजुले ढुंगानालाई बोर्ड अफ ट्रष्टीमा राख्ने र ढुंगानाले माकाजुलाई नै उपकुलपति नियुक्तिमा सिफारिस गर्ने श्रृंखला वर्षौंदेखि चल्दै आएको भन्दै कतिपयले विरोधसमेत जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय