Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

४ माघ। बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको हत्या भएको छ ।
सहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुवास खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार सूर्यगाउँका स्थानीयले गत शुक्रबार करिब १०ः१५ बजेको समयमा खेतबारीमा एक पुरुषको शव फेला परेको जानकारी प्रहरीलाई गराएका थिए । सुरुमा मृतकको पहिचान हुन नसके पनि अनुसन्धानको क्रममा अनुसन्धान विभाग बाँकेमा कार्यरत थापाको भन्ने खुलेको उनले बताए ।
खड्काले भने, ‘थापाको शव उनको घरभन्दा करिब साढे २ किलोमिटर परको खेतमा फेला परेको थियो । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिन्छ । टाउकोमा लागेको चोटका कारण नै उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ ।’
डीएसपी खड्काले भने, ‘बिहीबार उनी अफिस गएको देखिन्छ । अफिस गएपछि पनि उनको सम्पर्क परिवारसँग भएको देखिन्छ । बिहीबार साँझदेखि सम्पर्कविहीन भएका उनको सोही दिन हत्या भएको देखिन्छ । अनुसन्धानलाई साँघुरो पारेर लगेका छौं । ‘

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय