Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ ३ । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए ।
“हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय ४५ दिन बन्द हुन्छ”, अदैले भने, “यो वर्ष फागुन २ गतेसम्मका लागि बन्द गरेका छौँ ।” चिसोका कारण पश्चिम बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर छ । खोला तथा खोल्सा र धाराको पानी जम्न थालेपछि यहाँका स्थानीयलाई खानेपानीको समेत समस्या हुने गरेको अदैले बताए ।
ढोरपाटन शिकार अरक्षण क्षेत्रमा बस्ने स्थानीय घुम्ती बसाई सर्ने गरेका छन् । वर्षाका समयमा खेतीपाती, भेडा च्याङ्ग्रा तथा गाईभैँसी लिएर लेक गएका स्थानीय चिसोमा बेंसी झरेका छन् । उनीहरु ढोरपाटनकै वडा नं ८ र ९ को बोङ्गेदोभान, बोवाङ क्षेत्रमा झरेका हुन् । लेकमा रहेका घरगोठ र पशु चौपायको हेरचाहका लागि बसेकाको जनजीवन कष्टकर रहेको नगरप्रमुख देवकुमार नेपाली बताउँछन् ।
पानी नपरेकाले यसपाली ढोरपाटन क्षेत्रमा अहिलेसम्म हिमपात भएको छैन । तुसारो र सिरेठोले बिहान र बेलुकी कठिन बनाउने गरेको छ । बिहानको तुसारोले खोला र धाराको पानी जम्ने गरेको प्रधानाध्यापक अदै बताउँछन् । बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ । जमेको खोलामा तस्बिर खिचाउन तस्बिरका पारखी खोला छेउ पुग्ने गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय