Nepali Unicode | Preeti to Unicode
 BREAKING
काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री | ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू | विराटनगरको पोखरीया माविकी छात्राले २ तला माथिबाट हाम्फाल्दा अवस्था गम्भीर | बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल |

माघ २ । काठमाडौं महानगरपालिकाले २३औं भूकम्प सुरक्षा दिवस मनाएको छ । काठमाडौंको न्युरोडस्थित भूगोलपार्कमा १९९० र २०७२ सालमा ज्यान गुमाएकाहरुलाई सम्झँदै भूकम्पबाट कसरी बच्न सकिन्छ भन्ने तयारीसहित दिवस मनाइएको महानगरले जनाएको छ ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले दैवी प्रकोपसँग लड्न पुर्वतयारीका योजना बनाइरहेको जानकारी दिए । ‘‘यसभन्दा अगाडि भएको विपत्तिलाई छाडिदिऊ । अब आउने विपत्तिसँग लड्न तत्पर रहनुपर्छ,’’ ‘उनले भने, ‘‘०७२ को भूकम्पमा गुमाएका सम्पदा अझै पनि उठाउन सकिएको छैन । यस्तो खालको विपत्ति कतिबेला आउने हो थाहा हुँदैन । त्यसैले सधैं चनाखो रहनुपर्छ ।’’
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यसअघि गएका भूकम्पबाट पाठ सिकेको जानकारी दिए । ‘‘दुनियाँमा विभिन्न किसिमका महामारीको सामना गर्नुपर्छ,’’ उनले भने । भूकम्प मात्रै विपत्ति नभइ आगलागी, अहिलेको कोरोना महामारीलाई पनि विपत्तिकै रुपमा मान्नुपर्ने मेयर शाक्यले बताए ।
क्रार्यक्रममा आगलागी नियन्त्रण गर्न राखिएका दमकलको पनि अवलोकन गरिएको थियो । कार्यक्रममा आपत्‌कालीन विपत्तिमा फ्रन्ट लाइनमा खटिएर जोखिम न्यूनीकरण गर्ने तीन प्रहरीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नगर प्रहरी विपिन घिमिरे, मोहनकुमार चौधरी र वीरेन्द्र पहरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय