Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक सुरु
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

माघ २ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । यसपटकको अध्यक्षता पार्टीका समान वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
बैठक आजै सक्ने तयारी रहेको अध्यक्ष नेपालले जानकारी दिएका छन् । पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ । तर, आन्दोलन सोचेअनुरूप उठ्न नसकेको, जन सहभागिता न्यून हुँदै गएको र जनतालाई आन्दोलनमा ल्याउन नसकेको समीक्षा भइरहेको छ ।
संसद् विघटनको घोषणालगत्तै पुस १४ गते व्यापक रूपमा जनसहभागितासहितको प्रदर्शन गरिए पनि त्यसयता उपत्यकाको आन्दोलन कमजोर बनेको स्थायी कमिटी सदस्यहरूले बताएका छन् ।
बिहीबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले उपत्यका केन्द्रित आन्दोलन प्रभावकारी नभएको विश्लेषण गरेका थिए ।
आजको बैठकले जनप्रदर्शनसहितका थप कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । त्यस्तै आजको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुनेछ । पार्टी विभाजनपछि केपी ओली समूहमा लागेकाहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी नेता नेपालले प्रस्ताव तयार पारेका छन् ।
केन्द्रदेखि जिल्ला तहसम्मका सबै कमिटीमा एकैसाथ जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको नेकपाको भनाइ छ । यसअघि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मात्रै इन्चार्ज तोकिएको थियो । अब सबै तहका कमिटीमा नयाँ जिम्मेवारी तोकिने नेकपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय