Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
भारतको सर्वोच्च अदालतद्वारा कृषि कानुन कार्यान्वयनमा रोक
Nepali Unicode | Preeti to Unicode

२८ पुस। भारतको सर्वोच्च अदालतले सरकारले ल्याएको कृषिसम्बन्धी नयाँ तीन कानुन कार्यान्वयनमा रोक लगाएको छ । मंगलबार कृषिसम्बन्धी कानुनको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले तत्कालका लागि यो कानुनमा रोक लगाउने आदेश जारी गरेको हो ।
भारतमा लामो समयदेखि किसानहरुले यो कानुनको विरोधमा प्रदर्शन गर्दै आएका छन् । विभिन्न किसान संगठनहरुले दिल्लीको सीमामा एक महिनादेखि धर्ना दिँदै आएका छन् । उनीहरुले यो कृषि कानुन खारेज हुनुपर्ने माग गरेका हुन् । यद्यपि सरकारले भने यो कानुन किसानहरुको हितलाई ध्यानमा राख्दै ल्याइएको दाबी गरेको छ । किसानहरुले भने यो कानुनले आफूहरुले यसअघि पाउँदै आएको सुविधा पनि गुम्ने र पुँजीपति वर्गलाई मात्र यो कानुनले फाइदा पुग्ने बताउँदै आएका छन् ।
सर्वोच्च अदालतले यस विषयमा वार्ता अघि बढाउन चार सदस्यीय समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय