Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

२८ पुस । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका रौतहटका रामजी रामलाई कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै विश्वविद्यालयको परीक्षा दिनबाटै बञ्चित गरेको छ ।
कलेजले छात्रवृत्तिमा अध्ययनरत रामजी रामलाई अतिरिक्त शुल्क नतिरेको भन्दै एमबीबीएस पाचौं वर्षको वाषिर्क परीक्षाबाट बञ्चित गराएको हो ।
चिकित्सा शिक्षा आयोग र इस्टिच्युट अफ मेडिसिन ९आईओएम०ले रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको भए पनि परीक्षा फर्म नभरेको भन्दै परीक्षा दिन नदिइएको बताए । उनको अनुसार उनीसँग परीक्षा र्फम भर्न २ दिन समय थियो तर चिकित्सा शिक्षा आयोगले परीक्षा दिन पाउने र अतिरिक्त शुल्क नतिर्नु भनेकाले र्फम भरेका थिएनन् । सोही कारण उनीसँग प्रवेश पत्र थिएन ।
आयोगले फर्म नभरिकन परीक्षा दिन मिल्छ, निवेदन दिनु पर्दैन र अतिरिक्त शुल्क तिर्नु पर्दैन भनेकाले पैसा तिरेर र्फम नभरेको उनको दाबी छ ।
‘म परीक्षा दिन पाइन्छ की भनेर बुझ्न र दिन पाइए दिन्छु भनेर तयारी गरेर गएको थिएँ,’ रामले भने, ‘तर विधीको शासन मान्नु पर्छ । र्फम नभरेको मान्छेले परीक्षा दिन पाउँदैन भनेर मलाई आइओएमकै सरले परीक्षा दिन दिएनन् ।’

पहिला आयोगले नै अतिरिक्त शुल्क नतिर्नुस् ढुक्क हुनुस् परीक्षा दिन पाइन्छ भनेकाले आफू परीक्षा दिनबाट बञ्चित भएको उनको आरोप छ ।
२०७२ सालमा सरकारले नै खर्च दिएर नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै आएका उनीसँग नेसनल मेडिकल कलेजले ७ लाख ५० हजार १३१ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय