Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
भारतमा बर्ड फ्लुको प्रकोप निरन्तर बढ्दो क्रममा
Nepali Unicode | Preeti to Unicode

२७ पुस। भारतमा बर्ड फ्लुको प्रकोप निरन्तर बढ्दो क्रममा देखिएको छ । भारतका कम्तीमा नौ राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ भने केही राज्यमा भने परीक्षणको नतिजा आउन बाँकी छ । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लुको संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
बर्ड फ्लुको संक्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल कुखुराको बजार बन्द गरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण दुई सय चरा मरेका थिए । जसमध्ये अधिकांश काग थिए ।
बर्ड फ्लुको संक्रमण देखिएसँगै मानिसहरुलाई पोखरी, तालतलाउ तथा वन्यजन्तु आरक्षण क्षेत्रमा मानिसहरुलाई भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।
महाराष्ट्रका अधिकारीहरुले सोमबार पछिल्लो दुई दिनमा कम्तीमा आठसय कुखुराहरु मरेको बताएका छन् । उनीहरुका मरेका कुखुराको नमुना संकलन गरी परीक्षण गराउँदा बर्ड फ्लुको संक्रमण पुष्टि भएको पवर्नी जिल्लाका कलेक्टर मधुकर मगलीकरले बताए ।
आइतबार उत्तर प्रदेशको कानपुर सहरमा रहेको एक चिडियाखाना चरा र दुई सुगा मरेसँगै बन्द गरिएको थियो । यससँगै उत्तर प्रदेशले उक्त चिडियाखानाको १० किलोमिटर वरिपरीको क्षेत्रमा मासुको व्यापारमा रोक लगाएको छ । उत्तर प्रदेशको भोपालबाट पनि मरेका कागको नमुना परीक्षणको लागि पठाइएको छ । त्यस्तै मध्यप्रदेशको सात सहरमा पनि कुखुराको व्यापारमा रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय