Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष २७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–७, मछेडीखोलाका २२ वर्षीय भीमसेन खड्का छन् ।
प्रदेश ३–०२–०१५ प १७७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई बालाजुबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३–०२–०१४ प ०३३९ भएको खुल्न आएको छ । उक्त नम्बरको मोटरसाइकल भक्तपुरको सिपाडोलबाट हराएको भनी महाशाखामा निवेदन परेको थियो ।
पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय